Section 28
छुट्टै प्रकृया निर्धारण गर्न सक्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आयोगले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि संविधानको धारा ६२ र ८६ को व्यवस्थाको अधीनमा रही मतदाता नामावली तयार गर्नेछ । त्यस्तो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि आयोगले छुट्टै प्रक्रिया निर्धारण गर्न सक्नेछ ।